सेबोनको सञ्चालक समितिमा नयाँ प्रतिनिधि — उत्तम खत्री नियुक्त, महेश बराल परिर्वतन
Author
NEPSE TRADING

काठमाडौं, असोज २४ गते — अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा नयाँ प्रतिनिधि नियुक्त गरेको छ। यससँगै मन्त्रालयले महेश बराललाई फिर्ता बोलाउँदै उनको सट्टा वरिष्ठ सहसचिव उत्तम खत्रीलाई नयाँ प्रतिनिधिको रूपमा नियुक्त गरेको हो।
अर्थ मन्त्रालयका अनुसार, बराललाई सार्वजनिक वित्तीय व्यवस्थापन तालिम केन्द्र (Public Financial Management Training Center) को प्रमुखको जिम्मेवारी दिइएको छ।
कानूनअनुसार सेबोनको सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधित्व अनिवार्य हुन्छ। नयाँ प्रतिनिधि उत्तम खत्रीले औपचारिक रूपमा नियुक्ति पाए पनि अहिलेसम्म कुनै पनि सञ्चालक समिति बैठकमा सहभागी भइसकेका छैनन्।
यो परिवर्तन हालसालै अर्थमन्त्री रामेश्वर खनालले पदभार सम्हालेपछि गरिएको प्रशासनिक पुनर्संरचनाको एक हिस्सा भएको बताइएको छ।



