नयाँ आर्थिक वर्ष प्रारम्भ : बजेटका प्रावधान आजदेखि लागू
Author
NepseTrading

आज साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष २०८२ / ८३ सुरु भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा सार्वजनिक गरेको १९ खर्ब ६४ अर्बको बजेट आजैदेखि कार्यान्वयनमा गएको हो ।
अर्थ मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन तयार गरी सबै मन्त्रालय, विभाग, निकायलाई सर्कुलर पठाइसकेको छ। बजेट अनुसार चालु खर्चमा ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब, र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।
यस बजेटका लागि राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदान ५३ अर्ब, वैदेशिक ऋण २ खर्ब ३३ अर्ब, र आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब स्रोतका रूपमा प्रयोग गरिनेछ । साथै, करसम्बन्धी सबै व्यवस्था पनि आजैबाट लागू भएका छन्। सरकारले बजेट कार्यान्वयनमार्फत आर्थिक वृद्धि दर ६% पुर्याउने लक्ष्य लिएको छ ।