ङादी ग्रुप पावरले ८ लाख ७३ हजार कित्ता सेयर लिलामीमा बिक्री गर्ने
Author
Nepse trading

ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ।
- मूल्य: न्यूनतम १०० रुपैयाँ आधार मूल्य राखेर प्रतिस्पर्धात्मक बोलपत्रमार्फत आवेदन दिनुपर्ने। 
- आवेदन सीमा: न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्तासम्म आवेदन दिन सकिने। 
- अन्तिम मिति: फागुन २८ गते सम्म आवेदन दिन सकिने। 
- बिक्री प्रबन्धक: सिद्धार्थ क्यापिटल लिमिटेड। 
- बिक्रीको कारण: यसअघि जारी गरिएको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर मध्ये बिक्री नभएका सेयर लिलामीमा ल्याइएको 
आवेदन दिने स्थानहरू
- सिद्धार्थ क्यापिटल लिमिटेड 
- सिद्धार्थ बैंकका शाखाहरू 
- विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा 
- नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही 
- नेपालगञ्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर 
लिलामी सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले तोकिएको स्थान तथा अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।



