·

एनआईसी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

Author

NEPSE TRADING

एनआईसी एशिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा ‘ATHOT Loan Against Share’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले शेयर धितो राखेर ऋण लिन चाहने ग्राहकहरूलाई लक्षित गर्दै ‘ATHOT Loan Against Share’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले ८.१७ प्रतिशत वार्षिक ब्याजदरमा अत्यन्त प्रतिस्पर्धी दरमा ऋण लिन सक्नेछन्। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरू, म्युचुअल फन्ड, बीमा कम्पनी तथा अन्य स्वीकृत संस्थाहरूको शेयर धितोमा आधारित ऋण सुविधा प्रदान गरिनेछ। योजनाअनुसार ग्राहकहरूले अधिकतम १५ करोड रुपैयाँसम्मको ऋण लिन सक्नेछन् ।

Related News