·

(NICL) हकप्रद शेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई धितोपत्र बोर्डको स्वीकृति

Author

NEPSE TRADING

(NICL) हकप्रद शेयर जारी गर्न नेपाल इन्स्योरेन्सलाई धितोपत्र बोर्डको स्वीकृति

नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड (NICL) लाई हालको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ। बुधबार बोर्डले दिएको स्वीकृति अनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार ९३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ रहेको छ। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ। उक्त हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी करिब २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ।

Related News