·

(NIFRA) निफ्राको ६% हरित उर्जा ऋणपत्र जेठ १८ गतेदेखि निष्कासन हुने

Author

NEPSE TRADING

(NIFRA) निफ्राको ६% हरित उर्जा ऋणपत्र जेठ १८ गतेदेखि निष्कासन हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले यही जेठ १८ गतेदेखि "निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९" सार्वजनिक रुपमा निष्कासन गर्ने भएको छ। सात वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ। प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। यसमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर १९ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिनेछ। यसमा न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ। निष्कासन अवधि छिटोमा जेठ २१ गतेसम्म र ढिलोमा असार १ गतेसम्म हुनेछ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Related News