·

वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि

Author

NEPSE TRADING

वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२% ले वृद्धि, ग्लोबल आइएमई अगाडि

चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६२.०८ प्रतिशतले वृद्धि भई ३८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा यो सम्पत्ति २३ अर्ब ७४ करोड रुपैयाँ मात्र थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा देखिएको छ, जसको कुल गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा हिमालयन बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ५ अर्ब १२ करोड रुपैयाँ छ।

तेस्रो स्थानमा एनआईसी एशिया बैंक रहेको छ, जसको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६० करोड रुपैयाँ रहेको छ। त्यस्तै, नबिल बैंकको ३ अर्ब ७९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ११ करोड, कुमारी बैंकको २ अर्ब ५५ करोड र प्राइम कमर्सियल बैंकको २ अर्ब ३६ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति छ।

लक्ष्मी सनराइज, प्रभु, एनएमबि, सिटिजन्स र कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति एक अर्बभन्दा माथि छ। माछापुच्छ्रे बैंकको ९ अर्ब माथि तथा एसबीआई र सानिमा बैंकको ८ अर्बभन्दा बढी गैरबैंकिङ सम्पत्ति रहेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य रहेको देखिएको छ भने सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकको मात्र २० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

Related News