सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड, सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट विनियोजन
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रुपैयाँ र सामाजिक सुरक्षा भत्ता कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचनाप्रविधिको विस्तार, डिजिटल सेवा प्रवर्द्धन, र सञ्चार पहुँच बढाउने उद्देश्यले मन्त्रालयको बजेट छुट्याइएको जानकारी दिए।
त्यस्तै, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, बालबालिका, दलित र अन्य सामाजिक रुपमा पिछडिएको वर्गका लागि दिइने सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई निरन्तरता दिँदै १ खर्ब ९ अर्ब रुपैयाँको बजेट छुट्याइएको छ।
सरकारको भनाइमा, यस बजेटले डिजिटली समावेशी समाज निर्माण तथा सामाजिक न्याय र सुरक्षा प्रवर्द्धनमा योगदान पुर्याउनेछ।