·

वित्तीय विवरण र लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि सकारात्मक : वित्तीय विज्ञ परशुराम कुँवर क्षेत्री

Author

NEPSE TRADING

वित्तीय विवरण र लाभांश स्वीकृत गर्ने नयाँ कार्यविधि सकारात्मक : वित्तीय विज्ञ परशुराम कुँवर क्षेत्री

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो मात्र बैंक तथा वित्तीय संस्थाहरूका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने र लाभांश स्वीकृत गर्ने सम्बन्धी संशोधित कार्यविधि जारी गरेको छ । यससँगै विभिन्न सञ्चार माध्यममा यसबारे भ्रमपूर्ण समाचार प्रकाशित भए पनि वित्तीय विज्ञ परशुराम कुँवर क्षेत्रीले यस कार्यविधिमा खासै ठूलो परिवर्तन नभएको स्पष्ट पारेका छन् ।

उनका अनुसार, एनएफआरएस (NFRS) लागू भएपछि कार्यविधिमा संशोधन गरिएको थिएन । यसपटक राष्ट्र बैंकले जारी गरेका सान्दर्भिक निर्देशनहरू मात्र समावेश गरी अद्यावधिक गरिएको हो ।

यस संशोधित कार्यविधिमा सबैभन्दा उल्लेखनीय परिवर्तन माइक्रोफाइनान्स कम्पनीका संस्थापक शेयरधनीले धारण गर्न सक्ने शेयरको सीमा बढाइएको छ । अघिल्लो व्यवस्था अनुसार संस्थापकले अधिकतम १५% र अन्य बैंक तथा वित्तीय संस्थामा १% सम्म मात्र शेयर राख्न पाउने प्रावधान थियो । नयाँ संशोधनले यो सीमा क्रमशः २५% र १०% पुर्‍याएको छ ।

तर, अन्य बैंक तथा वित्तीय संस्थाका संस्थापकहरूको शेयर होल्डिङ सीमा भने यथावत राखिएको छ । साथै सीमा भन्दा बढी संस्थापक शेयर धारण गर्नेहरूलाई लाभांश रोक्का गर्ने प्रावधान पनि यथावत रहने क्षेत्रीले बताएका छन् ।

यसरी हेर्दा, कार्यविधि संशोधनले कुनै नयाँ कठोर नियम नल्याएको तर माइक्रोफाइनान्स संस्थापकलाई अलि बढी स्वामित्वको अवसर दिएको देखिन्छ ।

Related News