·

ओम मेघाश्री फार्मास्युटिकल्सले असार ६ गते वार्षिक साधारण सभा बोलायो "बुक क्लोज" मिति कहिले ?

Author

NEPSE TRADING

ओम मेघाश्री फार्मास्युटिकल्सले असार ६ गते वार्षिक साधारण सभा बोलायो "बुक क्लोज"  मिति कहिले ?

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड (OMPL) ले आफ्नो नवौं वार्षिक साधारण सभा (AGM) आगामी २०८२ साल असार ६ गते बिहान ११ बजे चितवनको जुगेडीमा आयोजना गर्ने भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ का वित्तीय विवरण स्वीकृति, नाफा/नोक्सान, नगद प्रवाहसहितको लेखापरीक्षक प्रतिवेदन अनुमोदन, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति, सञ्चालक समिति गठन तथा सर्वसाधारण समूहबाट दुईजना सञ्चालक निर्वाचित गर्ने लगायतका एजेन्डाहरू रहने छन्। साधारण सभा प्रयोजनार्थ कम्पनीले बुक क्लोजको मिति २० गते जेठ तोकेको छ। त्यसअघिसम्म शेयरधनी कायम भएका व्यक्तिहरूले सभामा सहभागिता जनाउन सक्नेछन्।

शीर्षक

विवरण

कम्पनीको नाम

ओम मेघाश्री फार्मास्युटिकल्स लिमिटेड

साधारण सभाको प्रकार

नवौं वार्षिक साधारण सभा

मिति

२०८१ साल असार ६ गते (२०२४ जुन २०)

समय

बिहान ११:०० बजे

स्थान

केन्द्रीय कार्यालय, जुगेडी, भरतपुर–१०, चितवन

पुस्तक बन्द मिति (बुक क्लोज)

२०८१ जेठ २० गते

सहभागी हुन पाउने शेयरधनी

बुक क्लोज मितिभन्दा अघि शेयर कायम गरेका शेयरधनीहरू

कम्पनीको वेबसाइट

www.ommegashreepharmaceuticals.com

Related News