अब कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण कार्य एकलविन्दुबाट हुने, विशेष आर्थिक क्षेत्रमा तीन वर्षको भाडा छुट
Author
NEPSE trading

काठमाडौं, जेठ १५ – सरकारले कम्पनी दर्तादेखि खारेजी (बहीरगमन) सम्मका सबै प्रक्रियाहरू एकलविन्दु प्रणालीबाट सञ्चालन हुने व्यवस्था मिलाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले व्यवसाय सुरुवातदेखि बन्द हुने प्रक्रियासम्मको सम्पूर्ण सेवा एकीकृत प्रणालीमार्फत सहज र छिटो बनाइने बताए।
साथै, विशेष आर्थिक क्षेत्र (SEZ) र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति प्राप्त कम्पनीहरूलाई सुरुका तीन वर्षसम्म भाडामा पूर्ण छुट प्रदान गरिने बजेटमा उल्लेख गरिएको छ।
सरकारले यस कदममार्फत नयाँ उद्योग स्थापना, लगानी प्रवर्द्धन, र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास लिएको छ। विशेष गरी स्टार्टअप र उत्पादनमुखी उद्योगहरूलाई प्रोत्साहित गर्न यो नीतिगत सुधार महत्वपूर्ण मानिएको छ।