शिव श्री हाइड्रोपावरको १:१ हकप्रद सेयर आवेदनका लागि अब २ दिन मात्र बाँकी
Author
NEPSE TRADING

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेड (SSHL) ले आफ्ना सेयरधनीहरूका लागि जारी गरेको १:१ अनुपातको हकप्रद सेयर निष्कासन तथा बिक्री आवेदन अब २ दिन मात्र बाँकी रहेको जानकारी गराएको छ ।
कम्पनीले २०७२ साल असोज १६ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेका शेयरधनीहरूका लागि प्रति सेयर रु. १०० अंकित दरमा १ कित्ता बराबर १ कित्ता (१:१ अनुपातमा) हकप्रद साधारण सेयर कुल १ करोड ४७ लाख ६४ हजार कित्ता जारी गरेको हो ।
यो हकप्रद सेयर निष्कासन भदौ १९ गतेदेखि असोज २३ गते (बैंकिङ समयसम्म) खुला रहनेछ । कम्पनीले सबै शेयरधनीहरूलाई तोकिएको अवधिभित्र आवेदन पूरा गर्न अनुरोध गरेको छ ।
शिव श्री हाइड्रोपावर लिमिटेडले लगानीकर्ताहरूलाई जानकारी दिँदै भनेको छ कि आवेदनको अन्तिम म्याद नजिकिँदै गएकाले बाँकी रहेका इच्छुक शेयरधनीहरूले असोज २३ गतेभित्र आवेदन फारम अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।
हकप्रद सेयरसम्बन्धी विस्तृत जानकारीका लागि २०८२ भदौ १ गतेको नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचना, वा कम्पनीको वेबसाइट www.shivashreehydro.com.np तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडको वेबसाइट www.citizenscapital.com.np मा हेर्न सकिनेछ ।
यस हकप्रद सेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक (Issue Manager) को रूपमा सिटिजन्स क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौं रहेको छ ।
#ShivaShreeHydropower #SSHL #RightShare #CitizensCapital #Nepse #HydropowerNepal #FinancialNewsNepal #RightShareDeadline #InvestmentAlert