·

ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायो

Author

NEPSE TRADING

ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासन प्रस्ताव गर्दै साधारणसभा बोलायो

ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्कासनको प्रस्ताव गर्दै वार्षिक साधारणसभा बोलाएको छ। सभा आगामी असोज ३१ गते बिहान ११ बजे ललितपुर, जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.२६६३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ। हकप्रद निष्कासनबाट संकलित रकम कम्पनीको परिसरको रिनोभेशन (नवीकरण) कार्यमा उपयोग गर्ने कम्पनीको योजना छ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

यसैबीच, सभा प्रयोजनार्थ कम्पनीले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ। सोअनुसार असोज १ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरूले मात्र सभामा सहभागी हुनुका साथै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।

Related News