·

देशभर ६७ लाखभन्दा बढी डिम्याट खाता, सबैभन्दा बढी बागमतीमा र न्यून कर्णालीमा

Author

NEPSE TRADING

देशभर ६७ लाखभन्दा बढी डिम्याट खाता, सबैभन्दा बढी बागमतीमा र न्यून कर्णालीमा

चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख मसान्तसम्म देशभर डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ६७ लाख ५२ हजार ७ सय पुगेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) ले सार्वजनिक गरेको तथ्यांकअनुसार व्यक्तिगत लगानीकर्ताको सहभागिता अत्यधिक रहेको देखिएको छ।

प्रदेशगत विवरण हेर्दा बागमती प्रदेश अग्रस्थानमा रहेको छ। कुल डिम्याट खातामध्ये ३६.११ प्रतिशत बागमती प्रदेशमा खोलिएका छन्। दोस्रो स्थानमा कोशी प्रदेश १८.८५ प्रतिशत हिस्सासहित रहेको छ।

अन्य प्रदेशहरूको अवस्था हेर्दा गण्डकी प्रदेशमा १२.८१ प्रतिशत, लुम्बिनीमा ११.८० प्रतिशत, मधेशमा ११.६४ प्रतिशत र सुदूरपश्चिममा ६.१८ प्रतिशत खाताहरू खोलिएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा मात्र २.६१ प्रतिशत डिम्याट खाता खुलेका छन्।

डिम्याट खाता खोल्ने लगानीकर्ताको निरन्तर बढ्दो संख्या नेपाली पुँजी बजारप्रति आम नागरिकको आकर्षण बढ्दै गएको संकेत हो। तर, प्रदेशबीचको खाता वितरणमा देखिएको असमानताले वित्तीय पहुँच, जानकारी तथा लगानी प्रवृत्तिमा अझै क्षेत्रीय असन्तुलन रहेको स्पष्ट देखिन्छ।

Related News