·

लघु, साना उद्योग तथा कृषि कर्जामा रु. ३२७ अर्ब बढी सुरक्षण

Author

NEPSE TRADING

लघु, साना उद्योग तथा कृषि कर्जामा रु. ३२७ अर्ब बढी सुरक्षण

निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको रु. ३२७ अर्ब ४२ करोड बराबरको कर्जा सुरक्षण गरेको छ। यस अन्तर्गत लघु तथा विपन्न वर्ग कर्जा, साना तथा मझौला उद्योग कर्जा र कृषि कर्जा (नेपाल सरकारको ब्याज अनुदानमा प्रवाह हुने सहुलियतपूर्ण कर्जासमेत) पर्दछन्।

अघिल्लो वर्ष २०८१ असार मसान्तमा सो कोषले रु. २९६ अर्ब ४५ करोड बराबरको कर्जा सुरक्षण गरेको थियो। एक वर्षको अवधिमा सुरक्षण रकम करिब रु. ३० अर्बले बढेको देखिन्छ।

विशेषज्ञहरूका अनुसार, कर्जा सुरक्षण रकममा भएको वृद्धि वित्तीय संस्थाहरूलाई जोखिम व्यवस्थापनमा सहज बनाउने र लघु उद्यम, कृषि तथा विपन्न वर्गलाई कर्जा पहुँचमा सहयोग पुग्ने संकेतकका रूपमा लिइएको छ।

Related News