·

प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

Author

NEPSE trading

प्रतिनिधिसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै

संघीय संसद्‌को प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदैछ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संयुक्त संसद बैठकमा प्रस्तुत गरेको सम्बोधनमा आधारित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओली प्रस्ताव पेस गर्नेछन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, छलफलका क्रममा सांसदहरूले प्रस्तुत गर्ने संशोधन प्रस्तावहरू समेत बैठकमा प्रस्तुत गरिनेछन्। प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बस्नेछ।

उता, राष्ट्रियसभामा आइतबारदेखि नै छलफल सुरु भइसकेको छ। आज पनि राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रममाथि थप छलफल हुनेछ। राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ।

सरकारको नीति तथा कार्यक्रममा डिजिटल बैंक स्थापनादेखि लिएर 'Bad Bank' को अवधारणा, पूँजी बजार सुधार, निजी क्षेत्रको लगानी प्रवर्द्धन, सार्वजनिक ऋणपत्रको दोस्रो बजार संचालन लगायतका बहुआयामिक विषयवस्तु समावेश छन्।

संसदमा हुने छलफलपछि नीति तथा कार्यक्रम अनुमोदनका लागि मत विभाजन गरिने प्रक्रियामा जान सक्नेछ।

Related News