·

पिपुल्स पावर लिमिटेडको १:०.५० अनुपातमा हकप्रद सेयर बिक्री खुला

Author

Nepse trading

पिपुल्स पावर लिमिटेडको १:०.५० अनुपातमा हकप्रद सेयर बिक्री खुला

पिपुल्स पावर लिमिटेडले १:०.५० को अनुपातमा आज देखि हकप्रद सेयर बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको हो।

कम्पनीले कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर, रु ३१ करोड ६३ लाख बराबरको सेयर बिक्रीमा ल्याएको हो। हकप्रद सेयरमा आवेदन दिनको लागि अन्तिम म्याद साउन ११ गते तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि असार २ गते बुक क्लोज गरेकोले असार १ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र यस हकप्रदमा आवेदन दिन योग्य हुनेछन। प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।

Related News