·

मन्त्रिपरिषद् बैठक स्थगित : गभर्नर नियुक्ति अन्योलमा

Author

NEPSE trading

मन्त्रिपरिषद् बैठक स्थगित : गभर्नर नियुक्ति अन्योलमा

प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज विशेष भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच केहीबेरमा बालुवाटारमा छलफल तय भएको छ।

स्रोतले दिएको जानकारीअनुसार, भेटवार्ताको मुख्य एजेन्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सहमति जुटाउने रहेको छ। एमाले र कांग्रेसबीच गभर्नरको टुंगो लगाउने प्रयास भइरहेका बेला यो भेटलाई निकै महत्वपूर्ण मानिएको छ।

यहीबीच, नियमितरूपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आज नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ।

गभर्नर नियुक्ति विषयमा सहमति जुटाउने प्रयाससँगै मन्त्रिपरिषद् बैठक स्थगन हुनु राजनीतिक सन्तुलन मिलाउने रणनीतिक कडीको रूपमा हेरिएको छ।

Related News