·

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने

Author

NEPSE trading

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा, १:१ को अनुपातमा एकीकरण हुने

पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड मर्जर प्रक्रियामा जाने भएका छन्। आज बिहान पोखरास्थित होटल ल्यान्डमार्कमा आयोजित एक कार्यक्रमबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा पोखरा फाइनान्सका तर्फबाट अध्यक्ष तिलबहादुर गुरूङ र समृद्धि फाइनान्सका तर्फबाट अध्यक्ष सुदीप घिमिरेले हस्ताक्षर गरेका छन्। दुवै कम्पनी १:१ को सेयर स्वामित्व अनुपातमा गाभिने सहमति भएको छ।

मर्जरपछि कम्पनीको नाम पोखरा फाइनान्स लिमिटेड नै रहनेछ। नियामकीय स्वीकृति र आवश्यक प्रक्रिया पूरा गरी मंसिर महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने दुवै कम्पनीको लक्ष्य छ।

Related News