PPL पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि समाप्त हुँदै
Author
NEPSE TRADING

पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १२ गते समाप्त हुने भएको छ। कम्पनीले आज जारी गरेको सूचनामा संस्थापक, कर्मचारी र स्थानीयका सेयरहरूको लकइन अवधि सकिने जानकारी दिएको हो।
कम्पनीले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो, जसको बाँडफाँड २०७९ भदौ १२ गते गरिएको थियो। कानूनी प्रावधानअनुसार संस्थापक, कर्मचारी र स्थानीयको सेयर बाँडफाँड मितिबाट तीन वर्षसम्म लकइनमा राख्नुपर्ने छ।
कम्पनीका अनुसार, लकइन अवधि समाप्त हुने सेयरमध्ये ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, ४९ हजार ३४८ कित्ता कर्मचारीको सेयर र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयका सेयर रहेका छन्।
तर, सञ्चालक समितिका संस्थापक सदस्य र कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरूले प्रचलित कानुनी नियम अनुसार सेयर किनबेच गर्न पाउने छैनन्, कम्पनीले स्पष्ट पारेको छ।