·
(PPL) पिपुल्स पावरलाई हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृती
Author
NEPSE TRADING

पिपुल्स पावर लिमिटेड (PPL) लाई हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) ले स्वीकृति दिएको छ। बोर्डले जेठ २ गते कम्पनीलाई स्वीकृति प्रदान गरेको हो।
कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न पाउनेछ। यसअनुसार, १ बराबर ०.५० को अनुपातमा ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरिनेछ, जसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ हुनेछ। प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ हुनेछ।
यस हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापन प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।