प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, इम्पेरमेन्ट चार्ज घट्दा परिणाम प्रभावकारी
Author
NEPSE TRADING

प्रभु बैंक लिमिटेड (PRVU) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष यो नाफा ५ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो।
यो असाधारण वृद्धिको प्रमुख कारण इम्पेरमेन्ट चार्जमा आएको ठूलो अन्तर हो। गत वर्ष ५५ करोड ६८ लाख रुपैयाँ मात्र रहेको चार्ज, यस वर्षको विवरणमा ४ अर्ब ७१ करोड रुपैयाँ देखिएको छ, जसले अघिल्लो वर्षको नाफा घटाएको थियो।
विवरण अनुसार, २०८२ असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी (EPS) २३ रुपैयाँ १२ पैसा, प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ र मूल्य-आम्दानी अनुपात (P/E Ratio) ९.६ गुणा रहेको छ। यस अवधिसम्ममा वितरणयोग्य मुनाफा १ अर्ब ४ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा रहेको छ।