प्रभु म्युचुअल फण्डका दुई योजनाको बुकक्लोज मिति तय
Author
NEPSE TRADING

प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक र प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गतका दुई बन्दमुखी योजनाको बुकक्लोज मिति तोकिएको छ।
‘प्रभु सेलेक्ट फण्ड’ र ‘प्रभु स्मार्ट फण्ड’को बुकक्लोज भदौ १५ गते आइतबार एक दिनका लागि हुने भएको हो। प्रभु बैंकको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले सो निर्णय गरेको हो। यसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा नाम दर्ता भएका इकाइधनीहरूले लाभांश पाउनेछन्।
यी दुवै योजनाले यसअघि नै नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन्। ‘प्रभु सेलेक्ट फण्ड’ले करसहित १२ प्रतिशत र ‘प्रभु स्मार्ट फण्ड’ले १० प्रतिशत नगद लाभांश दिने भएको हो।
यस निर्णयसँगै यी योजनाका इकाइधनीहरूले तय गरिएको मितिभित्र नेप्सेमा कायम रहे लाभांश प्राप्त गर्न सक्नेछन्।