नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध चयन
Author
NEPSE TRADING

काठमाडौं । नेपाल वितरक संघको २४औं साधारणसभाले प्रेमहरि मैनालीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ। शनिबार सम्पन्न साधारणसभाबाट मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।
वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोक कुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सह–कोषाध्यक्षमा रमेश प्रजापती निर्वाचित भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुयाल (उमेश), दिपक घिमिरे, कपिल रेग्मी, निलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणिन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रविण कुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्वाचित भएका छन्। निबर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन्।
प्रतिनिधि सभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा र निबर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो।
अध्यक्ष मैनालीको प्रतिबद्धता
नव निर्वाचित अध्यक्ष प्रेमहरि मैनालीले सर्वसम्मत नेतृत्व प्रदान गर्ने सम्पूर्ण सदस्यप्रति आभार प्रकट गर्दै वितरण व्यवसायका हकहितका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाए। उनले ट्राफिक समस्या, क्रेडिट समस्या लगायतका नीतिगत अवरोध समाधानलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे।
उनका अनुसार आयात तथा स्वदेशी उत्पादनका उपभोग्य सामान बजारमा पुर्याउन वितरकहरूको भूमिका महत्वपूर्ण छ। उनले भने, “वितरण व्यवसायबाट नेपालको आर्थिक क्षेत्र चलायमान बनाउन ठुलो योगदान पुगेको छ। यस व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ।”