नेपाल–स्पेन आर्थिक सहकार्य विस्तारमा अध्यक्ष ढकालको आह्वान
Author
NEPSE trading

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र स्पेनबीचको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउँदै लगानी सहकार्यलाई विस्तार गर्न स्पेनका व्यवसायीहरूलाई आग्रह गरेका छन्। बुधबार स्पेनको म्याड्रिडस्थित नेपाली दूतावासद्वारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि र पूर्वाधारजस्ता क्षेत्रहरूमा लगानीका पर्याप्त सम्भावना रहेको बताए।
अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा पर्यटनलाई उल्लेख गर्दै सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले विदेशी पर्यटकलाई आकर्षण गर्ने उल्लेख गरे। गुणस्तरीय सेवा र पूर्वाधारमा स्पेनी लगानी जुटाउन सकिए नेपालले विश्वभरका पर्यटकलाई थप आकर्षित गर्नसक्ने उनको विश्वास छ।