नेप्सेमा गिरावट जारी, केही कम्पनीहरू उकालोमै — ठूला ब्रोकरबाट खरिद चाप
Author
NEPSE TRADING

बुधबार सेयर बजार सूचक नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ। अघिल्लो दिनको सामान्य गिरावटपछि आज पनि बजार ओरालो लागेपछि लगानीकर्ता अझै विश्वस्त हुन सकेका छैनन्। खुद्रा लगानीकर्ता अझै बजारप्रवेश गर्न हिच्किचाइरहेका छन् भने केही कम्पनीमा भने ‘बुल रन’ जस्तै उकालो देखिएको छ। बजार विश्लेषकले यस्ता कम्पनीहरूमा अपरेटरको संलग्नता रहेको आशंका समेत व्यक्त गरेका छन्।
यद्यपि, नेप्से परिसूचक घटे पनि आजको कारोबार रकम उल्लेख्य रूपमा बढेको छ। कुल ३१४ कम्पनीका २ करोड ३४ लाख कित्ता सेयर ७८ हजार पटकभन्दा बढी किनबेच हुँदै ९ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ।
सबैभन्दा धेरै चर्चा कमाउन सफल ‘पियोर इनर्जी’ आज १२औं दिन पनि सर्किट लेभलमै कारोबारमा देखिएको छ। सो कम्पनीको सेयर मूल्य आज पनि १०९ रुपैयाँ ७० पैसाले बढेर १,२०७ रुपैयाँ २० पैसामा पुगेको छ। त्यस्तै जोशी हाइड्रोपावर १० प्रतिशतले र युनियन हाइड्रो ९ प्रतिशतभन्दा बढीले बढेका छन्।
विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर आज १० प्रतिशतले घटेर सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी बन्यो। कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर (७१.७८ करोड), सिंगटी हाइड्रो (६२ करोड), र बुटवल पावर (४५ करोड) शीर्ष स्थानमा रहे।
१३ मध्ये ५ उपसमूह हरियो रहँदा ८ उपसमूह रातो भए। जलविद्युत, जीवन बीमा, म्युचुअल फण्ड, उत्पादन, र अन्य उपसमूह सकारात्मक रहे पनि, विकास बैंक र होटल पर्यटन उपसमूहमा १% भन्दा बढी गिरावट आएको छ।
प्राविधिक विश्लेषण: ‘हायर लो’ मा बजार, २७०० माथि गए सुरक्षित, २६३० तल गयो भने जोखिम
टेक्निकल विश्लेषकहरूका अनुसार, बजार अहिले ‘हायर लो’को स्थितिमा छ। यो अवस्था बजारले नयाँ ट्रेन्ड बनाउने संवेदनशील बिन्दु मानिन्छ। यदि बजारले २७०० माथि ब्रेक गर्न सकेमा लगानीकर्ताको आत्मविश्वास बढ्नेछ भने, २६३० भन्दा तल झरेमा बजार फेरि कमजोर बन्ने खतरा रहन्छ।
हाल टेक्निकल रूपमा बैंकिङ, जलविद्युत्, र लघुवित्त उपसमूहको सूचक सकारात्मक देखिएको छ। यद्यपि सम्पूर्ण बजार ट्रेन्ड अझै स्पष्ट भइसकेको छैन। त्यसैले लगानीकर्तालाई सावधानी अपनाउन र प्राविधिक संकेतहरूको नजिकबाट निगरानी गर्न सुझाव दिइएको छ।
ब्रोकर विश्लेषण: खरिदमा चाप, ब्रोकर ४५ शीर्षमा
आज टप १० ब्रोकरमध्ये ७ वटा ब्रोकरले खरिद (Buy) बढी र ३ वटाले बिक्री (Sell) बढी गरेका छन्।
ब्रोकर नं. ४५ ले १ अर्ब १६ करोड कारोबार गर्यो, जसमा ५५.३६ करोड खरिद र ६०.६५ करोड बिक्री देखिएको छ।
ब्रोकर नं. ५८ ले ९२.५३ करोडको कारोबार गर्दै ४७.५९ करोड खरिद र ४४.९४ करोड बिक्री गरेको छ।
ब्रोकर नं. ३४ ले ६८.६२ करोडको कारोबार गर्दै ३४.९३ करोड खरिद र ३३.६९ करोड बिक्री गरेको देखिन्छ।
ब्रोकर ४२, १७, ४९ ले पनि खरिद बढी गरेका छन्।
स्टक अनुसार ब्रोकर विवरण
सानिमा माइ हाइड्रोपावरमा ब्रोकर ४५ बाट ४.३२ लाख कित्ता खरिद र ४.७२ लाख कित्ता बिक्री भएको छ।
जोशी हाइड्रोपावर ७२ बाट १.९५ लाख कित्ता खरिद।
आरएचपीएल ५८ बाट १.९२ लाख कित्ता खरिद गरिएको देखिएको छ।
बजारमा गिरावट कायम भए पनि उच्च कारोबार, ब्रोकरको सक्रियता र केही कम्पनीको आक्रामक वृद्धि प्रवृत्तिले बजारमा ‘मिश्रित संकेत’ दिएको छ। लगानीकर्ताहरू अहिले पनि स्पष्ट ट्रेन्डको प्रतीक्षा गरिरहेका छन्। यस्तो अवस्थामा जोखिम व्यवस्थापनसहित सूचकको प्रमुख बिन्दुहरूमाथि नजिकबाट ध्यान दिनु उपयुक्त हुनेछ।