·

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा

Author

NEPSE TRADING

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनी मोहनलाल अग्रवालद्वारा १ लाख कित्ता सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयरधनी मोहनलाल अग्रवालले आफ्नो नाममा रहेको १,००,००० (एक लाख) कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन्।

कम्पनीले मिति २०८२ साल कार्तिक १२ गते पहिलो पटक सूचना प्रकाशित गर्दै, बीमा समितिको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरेको हो।

सूचना अनुसार, इच्छुक संस्थापक शेयरधनीहरूले यस सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ। आवश्यक कागजात संलग्न गरी खरिद गर्न चाहेको सेयर संख्या र अन्य विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ।

कम्पनीले साथै जानकारी दिएको छ कि सो अवधिभित्र कुनै पनि संस्थापक शेयरधनीबाट निवेदन नआएमा, सम्बन्धित प्रक्रिया कानूनी प्रावधान अनुसार अघि बढाइनेछ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई उक्त सूचना अनुसार निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ।

Related News