·

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

Author

NEPSE trading

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले यही असार १ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक स्वीकृति प्राप्त गरिसकेपछि कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएको हो।

यसअघि कम्पनीले हकप्रद निष्कासन प्रयोजनार्थ जेठ ६ गते बुक क्लोज गरिसकेको छ। जसअनुसार जेठ ५ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यस हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयरमा आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तोकिएको छ। इच्छुक शेयरधनीहरुले आवेदन फारम कम्पनीको कर्पोरेट कार्यालय त्रिपुरेश्वर वा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा बुझाउन सक्नेछन्।

Related News