·

राप्ती हाइड्रोको पुस २९ गते एजीएम, १:०.४६६१ अनुपातमा हकप्रद शेयर प्रस्ताव

Author

NEPSE TRADING

राप्ती हाइड्रोको पुस २९ गते एजीएम, १:०.४६६१ अनुपातमा हकप्रद शेयर प्रस्ताव

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आगामी वार्षिक साधारण सभा (एजीएम) तथा हकप्रद शेयर निष्कासन सम्बन्धी प्रस्तावसहित बुक क्लोज मिति सार्वजनिक गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते, २०८२ (जनवरी १३, २०२६) बिहान १०:३० बजे चापागाउँ, काठमाडौँस्थित वेलकम पार्टी प्यालेस मा एजीएम आयोजना गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले हाल कायम चुक्ता पूँजी रु. १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय बाट १:०.४६६१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव एजीएममा पेश गर्ने निर्णय गरेको छ। उक्त प्रस्ताव सभाबाट छलफल तथा पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

एजीएम प्रयोजनार्थ कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार पुस १४ गतेसम्म कायम शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन तथा प्रस्तावित हकप्रद शेयरमा अधिकार प्राप्त गर्न योग्य हुनेछन्। साथै, हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगको स्वीकृति तथा एजीएमको अनुमोदन अनिवार्य रहनेछ।

Related News