·

राष्ट्रिय बिमा कम्पनीको असार २९ गते साधारण सभा, लाभांश वितरण नहुने

Author

NEPSE TRADING

राष्ट्रिय बिमा कम्पनीको असार २९ गते साधारण सभा, लाभांश वितरण नहुने

काठमाडौं : राष्ट्रिय बिमा कम्पनी लिमिटेडले असार २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अनमोल क्याटरिङ सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरिनेछ । सभाका लागि कम्पनीले असार २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार २२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा सहभागी हुन सक्नेछन् ।

Related News