जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक विदा, शेयर बजार र बैंकहरू बन्द
Author
NEPSE trading

आज देशभर विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ। यो दिनलाई सम्मानस्वरूप सरकारद्वारा सार्वजनिक विदा दिइएको छ।
सार्वजनिक विदाका कारण आज शेयर बजार पूर्ण रूपमा बन्द रहेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नियमित कारोबार नगर्ने जानकारी दिएको छ। त्यस्तै, देशभरका बैंक तथा वित्तीय संस्थाहरू पनि आज बन्द रहनेछन्। यद्यपि, अत्यावश्यक सेवा सुनिश्चित गर्न केही बैंकहरूले होलिडे काउन्टरमार्फत सेवा सञ्चालन गर्नेछन्।
यसै दिन, संविधानको व्यवस्था अनुसार, आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पनि संसद्मा प्रस्तुत गरिनेछ। हरेक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमार्फत अर्थमन्त्रीले बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था रहेको छ।