जोशी हाइड्रोपावरको हकप्रद शेयर निष्काशन आजदेखि खुला
Author
NEPSE TRADING

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले आज (साउन १५ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत अर्थात् १ कित्ताका विरुद्ध ०.६५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो।
यसअनुसार, कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन गर्नेछ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ हुन्छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि असार ८ गते बुकक्लोज गरेको थियो, जसअनुसार असार ५ गतेसम्म कायम शेयरधनीले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद भदौ ४ गतेसम्म कायम गरिएको छ।
कम्पनीले प्राप्त गरेको रेटिङ्ग अनुसार, केयर रेटिङ्ग नेपालले जोशीलाई “CARE-NP B (Single B)” इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पुरा गर्नमा उच्च जोखिम रहेको देखाउँछ।
यस हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, कम्पनी कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा वा सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ प्रणालीबाट अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।