·

रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

Author

NEPSE TRADING

रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

रिभर फल्स पावर लिमिटेडले आगामी भदौ २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर १:१ अनुपातमा ७० लाख कित्ताको बिक्री गर्ने योजना बनाएको छ।

कम्पनीले सोही प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गरेको थियो, र साउन २२ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयर भर्न पाउनेछन्। हकप्रद शेयर बिक्री १२ असोजमा बन्द हुनेछ।

यस हकप्रद निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। यस रकमलाई कम्पनीले डाउन पिलुवा खेाला साना जलविद्युत आयोजना निर्माणका क्रममा आएको बाढीका कारण भएको क्षतिका लागि ऋण तिर्न प्रयोग गर्नेछ।

कम्पनीको प्रभु क्यापिटल लिमिटेडले यस हकप्रद निष्कासनको प्रबन्ध गर्नेछ।

Related News