RFPL रिभर फल्स पावर : १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन, आवेदन भदौ २3 देखि असोज १२ सम्म
Author
NEPSE TRADING

रिभर फॉल्स पावर लिमिटेडले आफ्ना विद्यमान सेयरधनीहरूलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने उद्देश्यले १ः१ अनुपातमा हकप्रद सेयर (एक सेयरको बदलामा एक सेयर) जारी गर्न लागेको हो।
नेप्सेमा दर्ता भइसकेको कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार सेयरधनीहरूले २०८२ साल भदौ २3 गतेदेखि असोज १२ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
हकप्रद सेयरका लागि आवेदन प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं तथा प्रभु बैंकका थानकोट, पोखरा, बुटवल, धनगढी, विराटनगर र नेपालगञ्ज शाखाबाट दिन सकिनेछ।
यस्तै, सेयरधनीहरूले ASBA प्रणाली अन्तर्गत “मेरो शेयर” अनलाइन सेवा (C-ASBA) प्रयोग गरेर पनि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। यसका लागि सम्बन्धित बैंक खाता तथा डिम्याट खाता अनिवार्य रूपमा अपडेट भएको हुनुपर्नेछ।
कम्पनीले हकप्रद निष्कासनसम्बन्धी सम्पूर्ण विवरण आफ्नै वेबसाइट www.riverfallshydro.com, प्रभु क्यापिटलको वेबसाइट www.prabhucapital.com तथा नेपाल धितोपत्र बोर्ड (www.sebon.gov.np) मा हेर्न सकिने जनाएको छ।
यसअघि २०८२ असार ५ गते ‘नयाँ पत्रिका’ मा प्रकाशित विशेष प्रस्तावको आधारमा ल्याइने १०० प्रतिशत हकप्रद सेयर अब औपचारिक रूपमा निष्कासन प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ।
कम्पनीले पुँजी सुदृढीकरणका लागि ल्याएको हकप्रद सेयरमा तोकिएको समयसीमाभित्र आवेदन दिन सबै सेयरधनीलाई आग्रह गरिएको छ।