·

आरएसडीसी लघुवित्तले ८% नगद लाभांश प्रस्ताव गर्‍यो

Author

NEPSE TRADING

आरएसडीसी लघुवित्तले ८% नगद लाभांश प्रस्ताव गर्‍यो

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले आर्थिक वर्ष २०८१/८२ का लागि ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको १७६औं बैठक असोज ११ गते बसेर हाल कायम चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँबाट ८ प्रतिशत दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार कम्पनीले नगद लाभांश (कर सहित) ८ करोड २७ लाख रुपैयाँ बराबर वितरण गर्ने प्रस्ताव गरेको छ।

यस लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि मात्र शेयरधनीहरुले प्राप्त गर्नेछन्।

हाल बजारमा आरएसडीसी लघुवित्तको अन्तिम कारोबार मूल्य (LTP) ६५९.९० रुपैयाँ कायम रहेको छ।

Related News