·

रु रु जलविद्युत परियोजना कम्पनीको नाफामा २.३७% वृद्धि, विद्युत बिक्रीमा सुधार

Author

Nepse trading

रु रु जलविद्युत परियोजना कम्पनीको नाफामा २.३७% वृद्धि, विद्युत बिक्रीमा सुधार

रु रु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड २ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा २.३७% बढी हो। गत वर्ष यो कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। विद्युत बिक्रीबाट हुने आम्दानी ११ करोड ५९ लाखबाट बढेर ११ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

वित्तीय खर्च ६८ लाखबाट घटेर ४६ लाख ८७ हजार रुपैयाँ कायम भएको छ, जसले नाफामा सुधार ल्याउन मद्दत पुर्याएको हो। कम्पनीको ५६ करोड ७३ लाख २२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ भने जगेडा कोषमा १७ करोड ३९ लाख रुपैयाँ जम्मा छ। कम्पनीको इपीएस १६.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३०.६७ रुपैयाँ छ।

Related News