सगरमाथा संवाद २०२५ सम्पन्न, जलवायु परिवर्तनविरुद्ध २५ बुँदे घोषणा पत्र सार्वजनिक
Author
NEPSE TRADING

जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहित २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणा पत्र सार्वजनिक गर्दै सगरमाथा संवाद २०२५ आइतबार सम्पन्न भएको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समापन समारोहमा उक्त घोषणापत्र सार्वजनिक गर्दै संवाद औपचारिक रूपमा समापन गरिन्। मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापु राष्ट्रसम्म देखिएका समस्याबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताइन्। उनले निष्कर्षको कार्यान्वयनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गरिन्।
उनको भनाइमा संवादमा प्रस्तुत भएका विषयवस्तु र सुझावहरूलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिनेछ। जलवायु परिवर्तनका असर घटाउने सामूहिक प्रतिबद्धताको दिशामा सगरमाथा संवाद ऐतिहासिक मञ्च बनेको उनले बताइन् ।