·

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायो

Author

NEPSE TRADING

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५% नगद लाभांश पारित गर्न पुस २९ गते साधारण सभा बोलायो

Sagarmatha Lumbini Insurance Company Limited (SALICO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश पारित गर्न २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीले पुस २९ गते, मंगलबार, काठमाडौँको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने जनाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै साधारण सभाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्थालाई भुक्तानी गरिएको रकम अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा अन्य आवश्यक प्रस्तावहरू पनि पारित गर्ने कार्यसूची रहेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

Related News