सम्पदा लघुवित्त र मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा
Author
NEPSE trading

सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहका शेयर बिक्रीमा ल्याएका छन्।
सम्पदा लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको कुल २९ हजार ४०० कित्ता शेयर बिक्रीमा राखेको हो। यस शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। इच्छुक व्यक्तिहरूले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बन्दीपुर–१, डुम्रे, तनहुँमा आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले किन्न चाहेको शेयर संख्या स्पष्ट उल्लेख गर्नुपर्नेछ।
त्यसैगरी, मञ्जुश्री फाइनान्स लिमिटेडले पनि संस्थापक शेयर बिक्रीमा ल्याएको छ तर शेयर संख्या खुलाइएको छैन। मञ्जुश्रीको शेयर भने मात्र हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ।