सामसङ नेपालले ‘Warm Winter Offer’ सार्वजनिक गर्यो, वासिङ मेसिन र फ्रिजमा आकर्षक क्यासब्याक र सजिलो फाइनान्सिङ
Author
NEPSE TRADING

सामसङ नेपालले यो हिउँदलाई लक्षित गर्दै ‘Warm Winter Offer’ सार्वजनिक गरेको छ, जसअन्तर्गत वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक क्यासब्याक तथा सजिलो EMI सुविधा उपलब्ध गराइनेछ। देशभर लागू हुने यो अफर नोभेम्बर २१ देखि २०२६ जनवरी १४ सम्म सञ्चालन हुनेछ।
अफरअन्तर्गत AI Ecobubble वासर–ड्रायर तथा अन्य वासिङ मेसिन मोडेलहरूमा ग्राहकले २३% सम्म क्यासब्याक पाउन सक्नेछन्। त्यस्तै सिङ्गल–डोर, डबल–डोर र साइड–बाइ–साइड रेफ्रिजरेटरमा १७% सम्म क्यासब्याक उपलब्ध हुनेछ।
सामसङले सबै मोडेलमा DIT मोटरमा २० वर्षको वारन्टी तथा निःशुल्क इन्स्टलेसन पनि प्रदान गर्दैछ। साथै, Hulas Finserve द्वारा सञ्चालित Samsung InstaFinance मार्फत ग्राहकहरूले ०% ब्याजदरमा EMI सुविधा केवल नागरिकता प्रमाणपत्रमार्फत नै लिन सक्नेछन्।
पुराना टिभी तथा घरायसी उपकरण एक्सचेन्ज गर्न चाहनेहरूले ArkoStore वा नेपालभरका अधिकृत सामसङ आउटलेटमार्फत एक्सचेन्ज सेवा पनि प्राप्त गर्न सक्नेछन्।


