·

साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (CEO) माग्यो

Author

NEPSE TRADING

साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (CEO) माग्यो

काठमाडौं, असोज ३० –
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले रिक्त रहेको उक्त पदलाई खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

संस्थाका अनुसार इच्छुक र योग्य व्यक्तिले २०८२ साल कात्तिक १९ गतेभित्र संस्थाको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा खामबन्दी रूपमा आवेदन दिन सक्नेछन्।

उम्मेदवारले चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्त, मौद्रिक, अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, तथ्याङ्क, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा कम्तीमा स्नातक तहको उपाधि हासिल गरेको हुनुपर्छ।
त्यससँगै बैंक तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा अन्तर्राष्ट्रिय संस्थामा अधिकृत तह वा सोभन्दा माथिल्लो पदमा कम्तीमा १० वर्षको कार्यानुभव आवश्यक छ। साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (५ घ) बमोजिम अयोग्य नभएको हुनुपर्नेछ।

  • तोकिएको ढाँचामा तयार गरिएको बायोडाटा, पासपोर्ट साइजका दुई फोटो

  • नेपाली नागरिकताको प्रमाणपत्र

  • शैक्षिक प्रमाणपत्र र कार्यानुभव प्रमाणपत्र

  • करिब पाँच हजार शब्दको व्यवसायिक योजना (Business Plan) – हार्डकपी र सफ्टकपी दुवै

  • लिखित आत्मघोषणा पत्र

चयन भएका सीईओलाई संस्था र उम्मेदवारबीचको आपसी सहमतिअनुसार पारिश्रमिक, सुविधा तथा सेवा प्रदान गरिनेछ।

आवेदन तथा विस्तृत विवरण संस्थाको वेबसाइट www.skbbL.com.np मा उपलब्ध छ।
थप जानकारीका लागि संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा सम्पर्क गर्न सकिनेछ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड
केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौं

Related News