·
Sangrila Development Bank's Founder Share Sale Now Open for the General Public!
Author
Nepse trading

सांग्रिला डेभलपमेन्ट बैंकले आज (फागुन २० गते) देखि ४३ हजार १२६ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यसमा जो कोही व्यक्ति, कम्पनी र विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन्। यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि यो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजबाट १५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा सेयर खरिदको विवरण सहित आवेदन फारम बुझाउन सक्नेछन्।