·

सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार संस्थापक सेयर लिलाममा

Author

NEPSE TRADING

सानिमा जिआईसी इन्स्योरेन्सको ५ लाख ८० हजार संस्थापक सेयर लिलाममा

सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेका ५ लाख ८० हजार कित्ता सेयर सर्वसाधारणले खरिद गर्न सक्नेगरी लिलाममा ल्याएको हो।

यसअघि गत भदौ ८ गते कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि १५ दिने सूचना जारी गरी बिक्रीमा राखेको थियो। तर कुनै आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

इच्छुक लगानीकर्ताले आफूले खरिद गर्न चाहेको दर र सेयर संख्या उल्लेख गरी कम्पनीको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ।

Related News