·

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा नविकरणमा १००% लेट शुल्क माफ

Author

NEPSE TRADING

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा नविकरणमा १००% लेट शुल्क माफ

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जेठ १ देखि २५ गतेसम्म (May 15–June 8) लाप्स भएको बीमा नविकरण अभियान सुरु गरेको छ, जसअन्तर्गत बीमा किस्ता समयमा तिर्न छुटेका बीमितका लागि लेट शुल्क शतप्रतिशत माफ गरिनेछ। यस एकपटकको छुटले बीमा पोलिसी पुनः सक्रिय बनाउन सहयोग पुर्‍याउनेछ।

यस अभियानको उद्देश्य बीमितहरूलाई निरन्तर आर्थिक सुरक्षा प्रदान गर्न सहयोग गर्नु हो। नेपालभरका १६९ शाखा कार्यालयहरू वा अनलाइन माध्यमबाट नविकरण प्रक्रिया सहजै गर्न सकिने व्यवस्था गरिएको छ। ग्राहक प्राथमिकतालाई केन्द्रमा राख्दै सानिमा रिलायन्सले बीमा सचेतना र आर्थिक सुरक्षा सुदृढीकरणतर्फ सकारात्मक कदम चालेको देखिएको छ।

Related News