·

सान्भि इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ४१ हजारले पाए १० कित्ताका दरले शेयर

Author

NEPSE trading

सान्भि इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न, २ लाख ४१ हजारले पाए १० कित्ताका दरले शेयर

सान्भि इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय, ठमेल, काठमाडौंमा आज आइतबार आईपीओ बाँडफाँट गरिएको हो।

कम्पनीले गत जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको थियो।

उक्त आईपीओमा कुल २० लाख ४३ हजार २४९ आवेदकले २ करोड ३९ लाख ९१ हजार ८२० कित्ता शेयरका लागि आवेदन दिएका थिए। तीमध्ये ३ हजार ६७४ आवेदन रद्द गरिएको छ भने २० लाख ३० हजार १५७ आवेदकको आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

मागभन्दा बढी आवेदन परेपछि बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो। गोलाप्रथाबाट २ लाख ४१ हजार ५३० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओ बाँडफाँटको नतिजा हेर्न इच्छुकले केही समयपछि https://iporesult.cdsc.com.np/ मा गई आफ्नो BOID नम्बर प्रयोग गरी नतिजा हेर्न सक्नेछन्।

Related News