·

सर्वोत्तम सिमेन्टको १ अर्ब नाफा: प्रतिशेयर आम्दानी २० रुपैयाँ

Author

NEPSE TRADING

सर्वोत्तम सिमेन्टको १ अर्ब नाफा: प्रतिशेयर आम्दानी २० रुपैयाँ

सर्वोत्तम सिमेन्ट लिमिटेडले आ.व. २०८१/८२ को असार मसान्तसम्मको अपरीक्षित वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार देखाउँदै आम्दानी र नाफा दुवैमा ठूलो वृद्धि गरेको छ।

विवरण अनुसार, कम्पनीको कारोबार आम्दानी ६ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको स्थूल नाफा ७५ करोड रुपैयाँबाट बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

सबैभन्दा ठूलो सुधार कम्पनीको खुद नाफामा देखिएको छ। समीक्षा अवधिमा खुद नाफा (PAT) १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा जम्मा १४ करोड रुपैयाँ मात्र थियो। यससँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २०.१९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षमा ३.७४ रुपैयाँ थियो।

वित्तीय विवरण अनुसार कम्पनीको कुल सम्पत्ति १३ अर्ब ९८ करोड रुपैयाँबाट बढेर १५ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने शेयरधनीको लगानी (Equity) १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ पनि मजबुत रहँदै १८५.९१ रुपैयाँ कायम भएको छ।

Related News