नेप्सेमा दोस्रो पटक नेगेटिभ सर्किट
Author
NEPSE TRADING

बिहीबार शेयर बजारमा लगातार दोस्रो पटक नकारात्मक सर्किट लागेको छ। बजार खुलेको दोस्रो मिनेटमै नेप्से परिसूचक १०७.०४ अंक अर्थात् ४ प्रतिशतले घटेपछि पहिलो नकारात्मक सर्किट लागेर कारोबार २० मिनेटका लागि रोकिनु परेको थियो।
२० मिनेटपछि पुनः खुलेको बजार केही मिनेटमै फेरि १३३.६३ अंक अर्थात् ५ प्रतिशतले घट्दा दोस्रो नकारात्मक सर्किट लागेको हो। यसपछि अब बजार ४० मिनेटका लागि रोकिएको छ। नियम अनुसार, बजार खुलेको पहिलो घण्टाभित्र परिसूचक ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटका लागि रोकिन्छ भने दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि रोकिने व्यवस्था छ। यस्तै, ६ प्रतिशतभन्दा बढी उतारचढाव भएमा सो दिनका लागि बजार पूर्ण रूपमा बन्द हुने प्रावधान छ।