·

१० महिनामा सेयर धितो कर्जा ३९% ले बढ्यो, ठूला ऋणीको दबदबा

Author

NEPSE TRADING

१० महिनामा सेयर धितो कर्जा ३९% ले बढ्यो, ठूला ऋणीको दबदबा

केवल १० महिनामै नेपालमा सेयर धितोमा आधारित मार्जिन कर्जा ३९.३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख मसान्तसम्म सेयर धितो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अन्य प्रकारका कर्जा सुस्त गतिमा बढिरहेका बेला सेयर धितो कर्जामा भने तीव्र वृद्धि देखिएको हो ।

यस प्रकारको कर्जामा ठूला ऋणीहरूको उच्च सहभागिता रहेको छ । १ करोड रुपैयाँभन्दा माथिको सेयर कर्जा मात्र १० महिनामा ५३.३ प्रतिशतले वृद्धि भई ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै ५० लाखदेखि १ करोड रुपैयाँ सम्मको सेयर कर्जा २१.१ प्रतिशत बढेर १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । २५ लाखदेखि ५० लाख रुपैयाँ सम्मको सेयर कर्जा १६ अर्ब ६२ करोड रुपैयाँ रहेको छ, जुन १० महिनामा १५.३ प्रतिशतले वृद्धि भएको हो ।

Related News