·
सुनको मूल्यमा भारी वृद्धि, चाँदीले नयाँ कीर्तिमान कायम
Author
NEPSE TRADING

साउन ७ गते, बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २,१०० रुपैयाँले बढेर १,९७,६०० रुपैयाँमा पुगेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १,९५,५०० रुपैयाँ थियो । पछिल्ला ६ दिनदेखि सुनको मूल्य लगातार बढ्दो क्रममा रहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि दैनिक नयाँ रेकर्ड तोड्दै उकालो लागिरहेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर २,३५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार चाँदी प्रतितोला २,३२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले लगातार अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ उचाई कायम गरिरहेको छ ।