·

शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्काशन सुरु

Author

NEPSE TRADING

शाइन रेसुङ्गा बैंकको ८% ब्याजदरमा ऋणपत्र निष्काशन सुरु

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आज असार ३२ गतेदेखि १० वर्ष अवधिको ‘शाइन रेसुङ्गा डिबेञ्चर’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। वार्षिक ८ प्रतिशत ब्याजदरमा जारी हुने यो ऋणपत्र प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता हुनेछ।

बैंकले कुल ऋणपत्रमध्ये ६० लाख कित्ता (६० करोड रुपैयाँ) व्यक्तिगत तवरबाट र बाँकी ४० लाख कित्ता (४० करोड रुपैयाँ) सर्वसाधारणका लागि छुट्याएको छ। सर्वसाधारण तर्फ छुट्याइएको मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ। न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते निष्काशन बन्द हुनेछ।

यस ऋणपत्रको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणाली तथा 'मेरो शेयर' प्रयोग गरी आवेदन दिन सक्नेछन्। इक्रा नेपालले बैंकलाई ‘ICRANP-IR BB+’ रेटिङ्ग प्रदान गरेको छ, जसले मध्यम जोखिममा रहेको संकेत गर्दछ। ब्याज रकम प्रत्येक अर्धवार्षिक आर्थिक अवधिपछि कर कट्टा गरी भुक्तानी गरिनेछ।

Related News